November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अख्तियारले लुकाएका कर्मचारीहरुको भण्डाफोर गर्दै सीआईबी

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १६:५९
अख्तियारले लुकाएका कर्मचारीहरुको भण्डाफोर गर्दै सीआईबी
  • अख्तियारले जोगाएका आरोपितहरुमाथि प्रहरीको अनुसन्धान
  • घुस लिएर आफन्तको नाममा राखेका छन्

काठमाडौं ।।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । त्यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

शाह गृह मन्त्रालयमा लामो समय बसेका पूर्वसहसचिव हुन् । सरकारी सेवाबाट अवकाश पाएपछि उनलाई सरकारले निर्वाचन आयुक्त बनाएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमिततामा उनले घुसबापत पाएको जग्गा आफन्तको नाममा राखेको आरोप छ ।

सीआईबी स्रोतका अनुसार ललिता निवासको व्यक्तिको नाममा लगिएका बेला शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । सरकारले अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा पुनः सुवर्णशमशेर र उनको परिवारको नाममा फर्काएर भूमाफियाले अनियमितता गरेका थिए ।

राणा परिवारसँगको नाता पनि पर्ने सुधीरकुमार शाहले ललिता निवासको जग्गा व्यक्तिको नाममा फर्काउँदा पर्दा पछाडिबाट सहयोग गरेको सीआईबी स्रोत बताउँछ । उनले भुसवापत पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिलाको नाममा राखेको स्रोतको दाबी छ ।

प्रहरीले जग्गा घुस खाएको आरोप लागेका गृहका पूर्वसहसचिव गेहनाथ भण्डारीलाई पनि खोजिरहेको छ ।

त्यतिबेला शाखा अधिकृत रहेका भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत पाएका जग्गा सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवनकुमार चापागाईँको नाममा एक रोपनी जग्गा राखेको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि सुधीरकी पत्नी उर्मिला र गेहनाथको पत्नी भुवनकुमारी र सासु सोदाकुमारीलाई मुद्दा चलाए पनि दुई पूर्वसहसचिवलाई भने मुद्दा चलाएन । त्यो बेला गृह प्रशासनबाटै अख्तियारमा पुगेका नविनकुमार घिमिरे अख्तियारमा प्रमुख आयुक्त थिए ।

गेहनाथकी सासु सोदाकुमारीले चार वर्षअघि अख्तियारमा बयानका क्रममा आफूलाई छोरीले बोलाएर जग्गा दिएको बताएकी थिइन् । ‘छोरीले मलाई बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन् । मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाइमा लागेर छोरीले जे भनिन्’, उनले भनेकी थिइन, ‘केही समयपछि छोरीले नै त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्, मैले मन्जुरीनामा दिएँ । हाल मेरो नाममा कुनै पनि जग्गा जमिन छैन ।’

सोदाकुमारीकी छोरी तथा गेहनाथको पत्नी भुवनकुमारीले राणा परिवारबाट आफूले जग्गा किनेको दाबी गरेकी थिइन । र, उनले बयानमा आफूले जग्गा किन्दा पति गेहनाथ राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत रहेको बताइन् ।

गेहनाथ र सुधीरकुमारले सरसल्लाह नै गरेर भुवनकुमारी र उर्मिलाका नाममा संयुक्तरुपमा जग्गा राखेको सीआईबी स्रोतको दाबी छ । करिव १० वर्ष राखेर उनीहरुले २०६० सालमा त्यो जग्गा ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकारमध्ये एक मानिएका रामकुमार सुवेदीलाई दिए । ‘उक्त जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो’, उर्मिलाले अख्तियारको बयानमा भनेकी थिइन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन् ।’

ललिता निवास जग्गा अनियमितता छानविन प्रतिवेदन अनुसार, २०४९ कात्तिक २५ र पुस २३ गते गरी दुई पटकको निर्णयबाट ११२ रोपनी ४ आना जग्गा सुवर्णसम्सेरका हकदारहरुका नाममा दर्ता हुने निर्णय भएको थियो ।

ललिता निवासको जग्गा राणा परिवारको नाममा दुईपटक नै फिर्ता दिने निर्णय हुँदा कलाधर देउवा डिल्लीबजार मालपोत कार्यालयको प्रमुख मालपोत अधिकृत थिए । पछि राणा परिवारले इन्द्रबहादुर थापा क्षेत्रीको नाममा दुई रोपनी जग्गा बकस दिएको खुल्यो ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा उनी कलाधरको साढुभाइ नाता पर्ने खुलेको थियो । इन्द्रबहादुरले बयानमा भनेका थिए, ‘मेरो साढुदाई कलाधर देउजा मालपोत कार्यालयमा अधिकृत पदमा हुँदा वहाँले बालुवाटारमा एउटा जग्गा छ तपाईले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नुभएकाले सहयोगसम्म गरेको हुँ । पछि बिक्री गरिसकेको छु ।’

अर्का मालपोत अधिकृत सुरेन्द्रमान कपालीले पनि भतिजी बुहारी शान्ति मल्ल प्रधानांगको नाममा दुई रोपनी आठ आना जग्गा बकस गरेको भेटिएको थियो । ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने अर्का योजनाकार धर्मप्रसाद गौतम रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पुगेको कागजातबाट देखिन्छ ।

गौतम भूमिसुधार तथा मालपोत विभागमा शाखा अधिकृत हुँदा नीतिगत निर्णयबाट राणा परिवारका नाममा जग्गा फिर्ता हुने भनी निर्णय गरेका थिए । उनले सालाका छोरा नाता पर्ने मोहनप्रसाद भट्टराईको नाममा दुई टुक्रा जग्गा लिएको भेटिएको थियो । तीमध्ये उउटा एक रोपनी १४ आनाको थियो भने अर्को एक रोपनी ३ आनाको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्