काठमाडौं ।।
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् ।
कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् ।
उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए ।
कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।