May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

१६ वर्षपछि आइफोनको डिजाइन परिवर्तन

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १४:५७
१६ वर्षपछि आइफोनको डिजाइन परिवर्तन
  • आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी
  • पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन भएको दाबी
  • महत्वपूर्ण  चार्जिङ पोर्टको परिवर्तन 

काठमाडौं ।।

एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार एप्पलको आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन गर्न लागेको दाबी गरिएको छ।

आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ। केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर सार्वजनिक भएको थियो।

त्यसबाटै नयाँ आइफोनमा म्यूट बटन हटाउन लागिएको अनुमान गरिएको हो। माजिन बू नामक टिप्स्टरले उक्त तस्वीर शेयर गर्दै त्यस्तो दाबी गरेका थिए। यदि सोही बमोजिम भएमा एप्पलको आइफोन १५ सिरिज अन्तरगतको प्रो म्याक्समा म्यूट स्विच बटनको स्थिति परिवर्तन हुनेछ, जुन करीब १६वर्षमा पहिलोपटक हुन लागेको हो।

उक्त खोलको तस्वीर हेर्दा म्यूट बटनलाई प्रतिस्थापन गर्ने नयाँ बटन धेरै वृत्ताकार हुने देखिन्छ। एक दाबी अनुसार नयाँ आइफोनमा क्यामरालाई नियन्त्रण गर्ने तथा फोनलाई स्विचअफ गर्ने जस्ता दुबै काम गर्नसक्ने एउटै बटन हुनेछ।

सार्वजनिक भएको समाचार अनुसार आइफोन १५ प्रो म्याक्सको पछाडिको क्यामराको भागमा एउटा ठूलो आकारको उठेको भाग हुनेछ। यसको अर्थ आइफोन १५ प्रो म्याक्समा ठूलो आकारको क्यामरा हुने अनुमान गर्न सकिन्छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने बताइएको छ।

आइफोन १५ सिरिजको स्क्रिनको आकार आइफोन १४ सिरिजमा जत्रै हुने बताइएको छ। तर डिस्प्लेको भेजलको आकार घट्ने र त्यसबाट स्क्रिनको लुक्स सुन्दर देखिनुका साथै प्रयोगकर्ताले बढि स्क्रिन स्पेस प्राप्त गर्नेछन्।

आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यसको चार्जिङ पोर्ट हो। एप्पलले आफ्नो स्वामित्वको लाइटनिंग पोर्टलाई अन्त्य गरी टाइप सी पोर्ट राख्नेछ। अर्थात् आइफोन १५ सिरिज नै टाइप सी पोर्ट भएको पहिलो आइफोन बन्नेछ। एजेन्सीको सहयोगमा

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट