१४ असार, ईलाम।
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले कालो झण्डा देखाउदै नारा लगाउदै भट्टराई चडेको सवारीलाई अवरोध गरेका थिए।
७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा सहभागी हुन इलाम बजार पुगेका भट्टराईलाई कालो झण्डा देखाउदै पहिचानवादीहरुले नारा लगाएका थियो ।
कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नारा लगाउदै कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।