April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:४५
नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा

बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सोमबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरेको हो । सहारा नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन्। उक्त अवसरमा कोषमा सहयोग गर्ने दातालाई कार्यालयले सम्मानपत्र प्रदान गरेको छ । दाताहरूलाई कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्ट्रपति डा. यादव र नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले सम्मानपत्र प्रदान गरेका थिए।

कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ। त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभ प्राप्त गरिसकेको अध्यक्ष गिरीले जानकारी दिए।

सोही कार्यक्रममा पत्रकार महासङ्घ झापा शाखाको स्तर वृद्धि गरिएको भवनको डिजिटल उद्घाटन समेत गरिएको थियो।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मत कुमार कार्की र उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए। महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।