May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

आज मुख्यमन्त्रीको मत विभाजन हुने

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० ११:0५
आज मुख्यमन्त्रीको मत विभाजन हुने
  • आज बिहान ११ बजे बस्दै
  • मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन

विराटनगर ।।

बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ ।

विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनको क्रममा मुख्यमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

३० मिनेटका लागि बैठक स्थगित भएपछि प्रदेशसभाबाट बाहिरिँदै गर्दा सदनमा उठेका प्रश्नको जवाफ तयार गरेर आउने बताएका मुख्यमन्त्री कार्की फर्किएनन् । त्यसपछि सभामुख बाबुराम गौतमले राति साढे ९ बजे दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि शुक्रबार (आज) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विश्वासको मत मागेर मुख्यमन्त्री हिँडे पनि प्रतिपक्षी दलहरु भने बिहीबार नै मतदान हुनुपर्ने अडानमा थिए । मुख्यमन्त्री नफर्किएपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको आरोप लगाएका थिए ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनका लागि आज ११ बजे बैठक बस्ने बताए । विश्वासको मत विभाजन अघि मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि १ मत कम छ । एक मत जुटाउने अन्तिम प्रयासका लागि उनले आजसम्मका लागि बैठक स्थगीत गर्न चाहेका थिए ।

प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ । ४६ मध्ये एक सिट रहेको जसपाले विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

कार्कीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १६८ (२)अनुसार प्रदेशसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार नयाँ सरकार गठनको दाबी गर्न पाँचदलीय गठबन्धनसँग पनि सहज बहुमत पुग्दैन । कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४६ प्रदेशसभा सदस्य छन् । सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्छन् । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा बहस जारी छ ।

बहुमतका लागि गठबन्धनलाई राप्रपाको आश छ । तर राप्रपाले एमालेको साथ छाड्न मानेको छैन ।

मुख्यमन्त्रीले विश्वासको मत नपाए कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विवाद पनि गठबन्धनभित्र छ । माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान राखेको छ । नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी भने मुख्यमन्त्रीको दौडभन्दा बाहिर छ ।

माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको नेतृत्वको विषय केन्द्रीय गठबन्धनले टुङ्गो लगाउने बताउँछन्।

 

 

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।