May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

संसदीय रेकर्डलाई फेसनका रुपमा लिन हुन्न : राष्ट्रिय सभा अध्यक्ष

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:२७
संसदीय रेकर्डलाई फेसनका रुपमा लिन हुन्न : राष्ट्रिय सभा अध्यक्ष
  • राष्ट्रिय सभाका अध्यक्षले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। 
  • संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताए ।
  • संसदमा बोलेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।

काठमाडौं।।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। लामो समय लिएर बोल्दैमा त्यो प्रभावकारी हुन्छ भन्ने नबुझ्न सांसदहरुलाई उनको आग्रह छ।

शुत्रबार संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला ! पछुतो हुने खालको सकभर नहोस्’ अध्यक्ष तिमिल्सिना भने।

अन्यथा बोल्नका लागि बोल्ने र कहिलेकाहीँ आवेगमा प्रस्तुत हुँदा सांसदको अभिव्यक्ति नै संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने भएकाले बोल्दा ख्याल गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? र रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन।’

पछिल्लो समय संसदमा सांसदहरुले व्यक्त गरेका अभिव्यक्ति हटाउने क्रम बढेको छ । यसतर्फ संकेत गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताए ।

गत वैशाख २४ को राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका एमाले सांसद टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर टिप्पणी गरेका थिए। त्यसमा एमाले सांसदहरुको आपत्तिपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देश गरेका थिए।

प्रतिनिधिसभामा पनि सांसदले बोलेका अमर्यादित शब्दलाई रेकर्डबाटै हटाउने क्रम बढेको छ। प्रतिनिधिससभाको चालु अधिवेशनमै सांसदहरु शिशिर खनाल, लेखनाथ दाहाल र सुनिल शर्मा र विनोद चौधरीले संसदमा बोलेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।

सांसद खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट नेपाल फर्किँदा राँगो चढेर फर्किएको टिप्पणी गरेका थिए। यो शब्द रेकर्डबाट हाइएको हो। लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको भनेर पित्तलको जलहरी लगाइएको टिप्पणी गरेका थिए। यो विषयमा प्रमुख प्रतिपक्षी दल एमालेको अडानपछि संसदको रेकर्डबाट हटाइएको छ।

कांग्रेस सांसद विनोद चौधरीले बोलेको महिला लक्षित उखान टुक्का पनि रेकर्डबाट हटाइएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसद दयाल बहादुर शाहीले कांग्रेसका संस्थापक नेताहरुको नाम लिएर आलोचना गरेका थिए।

सत्ताका लागि कांग्रेसले जस्तो पनि नीति लिएको भन्न उनले प्रयोग गरेका शब्दहरु पुन संसदीय रेकर्डबाट हटाइएको छ।सांसद शर्मा ले जेठ ९ मा सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए। उक्त अभिव्यक्ति पनि संसद रेकर्डबाट हटाइएको छ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट