May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सहकारीका सञ्चालक १० अर्ब दुरुपयोग गरी परिवारसहित बेलायत फरार

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:१६
सहकारीका सञ्चालक १० अर्ब दुरुपयोग गरी परिवारसहित बेलायत फरार
  • धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोको एसियन कलेज र शंकरापुर एकेडेमी बचतकर्ताको पैसाले बनाए।
  • बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

काठमाडौं ।।

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए । तर २०६२-६३ को आन्दोलनपछि सहकारी फस्टाउन थाले । किनकि सरकारले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको मान्यता दियो र सरकारले दिने अनुदानहरूलाई सहकारी मार्फत दिन थाल्यो । राजनीतिज्ञहरूसँग निकट भएर भरत महर्जनले पनि त्यसको लाभ लिए ।

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी ।

दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

तर उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलेको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट