May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:३३
रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम
  • रास्वपाले (र्यापिड एक्सस टीम) आरएटी गठन गरेको छ ।
  • केन्द्रीय समिति १२ जनाको  छ ।
  • आरएटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली हो ।
  • प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने काम आरएटी ले गर्छ ।

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्यापिड एक्सस टीम, आरएटी ) गठन गरेको छ ।सामाजिक कार्यमा खट्ने उद्देश्यका लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्याउन सकिने रास्वपाले जनाएको छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् । उद्धारका लागि खटिने दु्रत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरएटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाल बताउँछन् ।

दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्नका लागि आरएटी परिचालन हुने भएको छ । ‘आपत विपतमा परेका जनतालाई उद्धार गर्ने, आवश्यक सहयोग पुर्याउने कामका लागि हामी खटिन्छौं,’ केन्द्रीय आरएटीका संयोजक साजन शर्माले भने, ‘प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने हाम्रो काम हो ।’

केन्द्रीय आरएटी

संयोजकः प्रदिप तिमल्सेना (साजन शर्मा)
उप-संयोजक- प्रेम थापा
सचिव-फणिन्द्र पौडेल
कोषाध्यक्ष-कृष्णबहादुर थापा

सदस्यहरू

राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान (मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।