April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बुवाको सम्झनामा, बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें : मन्त्री किराँती

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १२:१४
बुवाको सम्झनामा, बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें :  मन्त्री किराँती
  • मैले सानैमा बुवाले भनेको सम्झें
  • मान्छेलाई मृत्युभन्दा जीवन प्यारो हुन्छ
  • जीवन हुँदा धेरैलाई धेरै सहयोग गर्न सकिन्छ 
  • मृत्युपछि त शोक र सम्झना मात्रै रहन्छ

मैले सानैमा बुवाले भनेको सम्झें । बुवाले भनेको ‘ठूलो मान्छे’ यस्तै होला । देशको प्रतिष्ठित मान्छेले बुवालाई खादा, माला र अबिर लगाइरहनुभएको थियो । यी सबै हुँदा पनि बुवा शान्तले सुत्नुभयो । तर, हामी भने अशान्त भइरह्यौं ।

‘मर्नुभन्दा बहुलाउनु निको’, मृत्युदेखि डराएर बनेको उखान हो । मान्छेलाई मृत्युभन्दा जीवन प्यारो हुन्छ । जीवन हुँदा धेरैलाई धेरै सहयोग गर्न सकिन्छ । मृत्युपछि त शोक र सम्झना मात्रै रहन्छ ।

जीवनका पलपलमा मृत्यु र जीवन सँगसँगै हिंडिरहेकै हुन्छ । ट्राफिक लाइटमा एकातिरबाट जाने र अर्कातिर रोकिने जस्तै हाम्रो जीवन पनि उसैगरी चलिरहेको हुन्छ । जब जीवनले रातो बत्ती देखाउँछ । मृत्यु हरियो बत्ती बाल्दै बेपत्ता बत्तिन्छ, कहिल्यै नभेटिने गरी ।

मृत्युको शोकले थप शोक हुनुहुन्न भन्नेमा म पूर्ण सचेत छु ।

मेरै गाउँको एक घटना सम्झन्छु ।
खेती किसानमा आधारित गाउँले जीवन । असारे मास, मानो खाएर मुरी उब्जाउने समय । खेतीपाती चकाचक चलिरहेको थियो । २२ जनाको परिवार भएको एक घरमा बाबुको मृत्यु भयो । एक त शोक, अर्को समय अनुसार पौष्टिक आहार खान नपाउने ।

सामाजिक संस्कार अनुसार १३ दिन नुन बार्नैपर्ने, त्यसैले होला कमजोर बुहारीको नौ दिनमै मृत्यु भयो । जुठो बार्ने समय डबल भयो । असार घर्कियो । साउन परिवारको कमजोर शरीरले कामै गर्न सकेन । घरमा मान्छे मात्र घटेन, सारा खेतबारी बाँझो भयो । बालीनाली पनि घट्यो । मृत्युपछि मृत्यु खप्टिएर, शोकमा शोक खप्टिएर उनीहरू विलापमा बसे ।

वर्षेनि अन्न बेच्ने परिवार अर्को वर्ष खानै नपुगेर बसाइँ सरे । सम्पन्न भरिलो परिवार एकै वर्षमा विपन्न फोस्रो भए । यो घटनाले पृथ्वीलाई त कति क्षति पार्यो थाहा भएन, गाउँ उजाड भयो, परिवार ध्वस्त भयो र गाउँलेको मन नै अमिलो भयो ।

मृत्युले एकछिन तर्साए पनि बाँच्नेहरू जीवनमा फर्कनै पर्दछ । यसले मेरो मनमा शोकलाई शक्ति र सिर्जनामा बदल्दै, शोकका दिन छोट्याउँदै मानव जीवनमा समर्पित गर्नुपर्दछ भन्ने गहिरो गरी छाप पारिरहेछ ।

भनिन्छ-विश्वमा एक मिनेटमा औसत १०४ जना र नेपालमा प्रत्येक तीन मिनेटमा एक जनाको मृत्यु हुन्छ । यति धेरै मृत्युमा लामो शोक मनाउने प्रचलनले सिर्जना, समय, शक्ति र सम्पत्तिको मृत्यु भएको छैन र रु मृत्यु जीवनको लागि हुनुपर्दछ । जिउनेलाई सजिलो बनाउने मृत्यु हो । मृत्युको फरक परिभाषा हुनुपर्दछ ।

मैले पनि मेरो बुवा बितेपछि धेरै दिन यो र यसो भनेर बिताउने विचार गरिनँ । मर्ने त मरेर गइगयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।