sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:५३
सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा
  • नेपाल मलेसियामा चलिरहेको क्रिकेटको फाइनलमा पुगेको छ ।
  • नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ ।

काठमाडौं ।।

नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले १-१ विकेट लिए ।

सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जोडे । कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

सिंगापुरका हरिहरणले ३ विकेट लिए । नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

 

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid