April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

सरकारले आफ्नो गल्ती स्विकार्नुपर्छ : महामन्त्री शर्मा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:४९
सरकारले आफ्नो गल्ती स्विकार्नुपर्छ : महामन्त्री शर्मा
  • सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी
  • शिक्षकहरूको विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह
  • भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ

काठमाडौं ।।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अब त्यस्ता गल्ती नगर्न सचेत गराए । शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह गरे ।

उनले सरकारले सदनमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।  ‘जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकार आममाफीको प्रक्रियाबाट छोड्दै छ । त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालक बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाजले त्यसलाई कति गम्भीर रूपमा लिन्छ ?

,” उनले भने, “म अपिल र आग्रह गर्न चाहन्छु, सरकार कयौं निर्णयहरूमा जुन कमजोरी गरिरहेको छ, यो विषयमा गल्ती नगरोस् । शिक्षक आन्दोेलनमा जे भएको थियो । त्यसले प्रस्तुत गरेको एकएक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ ।” महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।