May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

बलात्कार आरोपमा दुईजना पक्राउ

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:३४
बलात्कार आरोपमा दुईजना पक्राउ
  • बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

काठमाडौं ।।

ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका-३, अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाईफकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुखवीर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, इलाममा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोङ गाउँपालिका-१, शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृतबहादुर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई विगत तीन महिना अगाडि देखिनै बलात्कार गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट