March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

अमेरिकामा नर्सको हाहाकार हुनसक्ने

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १४:0८
अमेरिकामा नर्सको हाहाकार हुनसक्ने

काठमाडौं । कोरोना महामारीपछि अमेरिकामा नर्सको अभाव भएको छ । महामारीपछि करिब १ लाख जनाले नर्सिङ पेशा छोडेपछि पेशानै संकटमा पर्नसक्ने जोखिम रहेको आपतकालीन नर्स संघको भनाइ छ ।

यस संघमा ५० हजार भन्दा बढी नर्स आवद्ध छन् । ४५ वर्ष नर्सिङ पेशामा बिताएका अध्यक्ष टेरी फोस्टर भन्छन्–‘मैले आपतकालीन कक्षमा ४५ वर्ष बिताएँ । अब अर्को कुनै व्यक्तिको मुखबाट तपाईंले यत्तिका दशक बिताएको कुरा सुन्न सम्भवत सक्नुहुन्न’, उनले भने ।
कोरोना महामारीपछि पेशाप्रतिको आकर्षण नै घटेको फोस्टर बताउँछन् । सन् २०२३ मा एएमएन हेल्थ केयरले नर्सिङ पेशामा आधारित सर्भेक्षण गरेको थियो । १८ हजार नर्समा गरिएको सर्भेक्षणले पेशाप्रति वितृष्णा बढेको देखाएको छ । एएमएनले प्रमुख क्लिनिकल अफिसर कोल एडमोन्सन भन्छन्, ‘नर्सिङ पेशाप्रतिको वितृष्णा अमेरिकी स्वास्थ्य क्षेत्रका लागि एक आँधी हो, यसले स्वास्थ्य क्षेत्रलाई तहसनहस बनाउन सक्छ ।’

गत जनवरीमा गरिएको सर्वेक्षणमा नर्सहरूमा आफ्नो पेशाप्रतिको सन्तुष्टी कम र पेशाले निम्त्याएको तनाव बढी पाइएको छ । बढ्दो धपेडी र तनावका कारण धेरैले यो पेशानै त्याग्ने सोच बनाएको सर्वेक्षणले देखाएको छ । एक दशकअघिका सर्वेक्षण हेर्ने हो भने नर्सिङ पेशामा सन्तुष्ट हुनेहरू ८० देखि ८५ प्रतिशत थिए । हाल सन्तुष्ट हुनेको संख्या १० प्रतिशत विन्दुले कम देखिएको एएमएनको सर्वेक्षणमा भनिएको छ ।
सन् २०२३ मा ७१ प्रतिशतले मात्रै सकारात्मक प्रतिक्रिया दिएमा त्यो सन्तोषजनक हुने क्रिष्टिन स्ट्याण्डफोर्डको भनाइ छ । उनी एएमएनकी उपाध्यक्ष समेत हुन् । ‘हामी कसैलाई पनि यो तहको वितृष्णको अपेक्षा थिएन । पेशाप्रति व्याप्त असन्तुष्टी र पेशाकर्मीमा यो तहको मानसिक दबावको अपेक्षा थिएन’, उनले भनिन् ।

नवप्रवेशीहरूमानै बढ्दो वितृष्णा नर्सिङ क्षेत्रमा खतराको संकेत रहेको उनको भनाइ छ । सर्वेक्षणका अनुसार पेशाबाट निवृत्त अवस्थामा पुगेका ७८ प्रतिशत नर्स सन्तुष्ट रहँदा भर्खरै सेवा प्रवेश गरेका ६३ प्रतिशतले असन्तुष्टी व्यक्त गरेका छन् भने करिअरको मध्यमा रहेका ६२ प्रतिशतले पनि वितृष्णा पोखेका छन् ।

‘समग्र तथ्यांक नै सन्तोषजनक छैन । तथ्यांकलाई समूह विभाजन गरेर हेर्दा नवप्रवेशीहरूको वितृष्णा कहालीलाग्दो चरणमा छ’, स्ट्याण्डफोर्डले भनिन् ।

अधिकांश नर्सले पेशानै परिवर्तन गर्ने सोच बनाएका छन् । सर्वेक्षणमा सहभागीमध्ये १५ प्रतिशतले मात्रै सेवालाई निरन्तरता दिने बताएका छन् । नर्सहरूलाई गरिने व्यवहारले पनि पेशाप्रति वितृष्णा बढेको फोस्टर बताउँछन् । रेस्टुँरामा महिला वेटर र विमान परिचारिकालाई भन्दा बढी नर्सहरूमाथि र्दुव्यवहार भइरहेको उनी बताउँछन् ।

‘अधिकांश विरामीलेनै दुर्व्यवहार गर्छन् । कतिपय अवस्थामा आफन्तले नै धम्की दिन्छन् । यही कारणले पनि नर्सहरूमा पेशप्रति वितृष्णा देखिएको हो’, उनले भनिन्।

हरेक ५ मध्ये ४ नर्सले यस्ता समस्या व्यहोरेको सर्वेक्षणमा भनिएको छ । दुर्व्यवहारका कारण आफूहरू भावनात्मक रूपमा गलेको ४० प्रतिशत नर्सको भनाइ छ ।

वितृष्णाको यही श्रृङ्खला बढ्दै जाने हो भने १० लाख नर्स अभाव हुने स्टयाण्डफोर्डको भनाइ छ । नर्सको अनुमतिपत्र प्राप्त लाखौँ मानिस यस पेशमा नरहेको उनको भनाइ छ । नर्सहरूले बिरामीको अनुपातमा जनशक्तिको वृद्धि हुनुपर्ने, सेवासुविधा बढ्नुपर्ने माग र कार्यस्थल सुरक्षित हुनुपर्ने माग गरेका छन् ।

‘यो पेशा निकै सम्मानजक हो तर यस पेशाकर्मीलाई गरिने व्यवहार निकै निकृष्ट खालको छ । नर्सलाई उचित व्यवहार नगरिए बिरामीले उचित सेवा पाउँदैनन् । पेशाप्रतिको वितृष्णालाई अन्त्य गर्न नसकेमा स्वास्थ्य सेवामा ठूलो संकट आउसक्छ’, स्ट्याण्डफोर्ड भन्छिन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट