April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भारतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हैन : नारायणकाजी श्रेष्ठ

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १0:२४
भारतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हैन : नारायणकाजी श्रेष्ठ
  • भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति दिएकै छैन : नारायणकाजी श्रेष्ठ
  • यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्छ 

चितवन ।।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए ।

बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको बताए ।

‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ । त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने ।

नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने, ‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’

कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’

यही असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।

भारतलाई खुसी पार्न खोज्दा प्रचण्डलाई संकट

एक अर्को प्रसंगमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले जनपक्षीय काम गर्दै आएको भन्दै यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गरेको बताउँदै गृहमन्त्री श्रेष्ठ मिटरब्याज पीडितलाई न्याय पुग्ने गरी सरकारले काम गर्ने बताए ।

सरकारको विपद् व्यवस्थापन तयारी सम्वन्धी प्रश्नमा गृहमन्त्री श्रेष्ठले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए ।

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।