November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राप्रपाले समर्थन नगरे पनि उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्ने

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:४६
राप्रपाले समर्थन नगरे पनि उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्ने
  • उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
  • साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने ।
  • राप्रपाको भने समर्थन नरहने ।

विराटनगर ।।

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन ।

बिहीबार विहानसम्म राप्रपालार्ई गठबन्धनमा ल्याउन प्रयास गरेको थियो । तर राप्रपाले समर्थन गर्न नसक्ने बताइन् । राप्रपा सांसद सविना बजगाईले सरकारलाई समर्थन नगर्न निर्देशन आएको बताइन् । ‘सरकारका बारेमा निर्णय गर्न हामीले केन्द्रीय अध्यक्षलाई जिम्मेवारी दिएका छौं, सरकारमा सहभागी नहुने कुराहरु आइरहेको छ’ उनले भनिन्, ‘माथिबाट आधिकारिक निर्णय भने आइसकेको छैन ।’

कांग्रेसका एक सांसदले पनि राप्रपाले सहयोग गर्न नमानेको पुष्टि गरे । ‘राप्रपाले तत्काल सहयोग गर्न मानेन, विश्वासको मत लिने दिनसम्म हेरौं’, कांग्रेसका एक सांसदले भने,‘पुरानो सम्बन्ध बिर्सिएर राप्रपाले सहयोग गर्यो भने सरकार टिक्छ नत्र ३० दिनपछि ढल्छ ।’

बिहीबार गठबन्धनको तर्फबाट सभामुखसहित ४७ समर्थन देखाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । थापाको शपथ ग्रहण र मन्त्रिरिषद विस्तार भने शुक्रबार हुनेछ ।

सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गरेर सरकारमा दाबी पेश गर्ने तयारी गरेपछि नेकपा एमालेले विरोध जनाएको छ । एमाले सांसद लिलाबल्लभ अधिकारीले सभामुखलाई जोडेर मुख्यमन्त्रीमा दाबी पेश गरे संविधान विपरीत हुने र सभामुखलाई भविष्यमा नैतिक संकट पर्ने दाबी गरे ।

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्