April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

बसपार्कबाट बस न चलाउनेलाई कारबाही गर्ने : काठमाडौं महानगर

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:३५
बसपार्कबाट बस न चलाउनेलाई कारबाही गर्ने  : काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरिए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले शुक्रबार पुनः सूचना जारी गरेर काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारीले अटेर गरेर बसपार्कभन्दा बाहिरबाट बस छुटाएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘ १ असारदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन नगरे ट्राफिक प्रहरीसँग समन्वय गरेर कारबाही हुने व्‍यहोरा जानकारीका लागि अनुरोध छ।’

साथै महानगरले धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरेको छ । यसअघि २९ वैशाखमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार लामो दूरीका बसहरु नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न नपाइने थियो। सोही अनुसार महानगरपालिकाले सूचना जारी गरेर सबै बस सञ्चालकहरुलाई अनुरोध गरेको थियो।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट