sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेलम्चीको पानी आउन वर्षा कम हुनुपर्ने

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १२:१९
मेलम्चीको पानी आउन वर्षा कम हुनुपर्ने
  • वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ।
  • वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ ।

काठमाडौँ ।।

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

‘आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ’, उनले भने । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्यकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उनले बताए । ‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो’, पन्तले भने ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid