April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

खेतमा करेन्ट लागेर मृत्यु

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० ११:४६
खेतमा करेन्ट लागेर मृत्यु
  • करेन्ट लागेर एक जनाको मृत्यु
  • तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार

जनकपुरधाम ।।

धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोही बाटो हुँदै ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको स्थानीयले बताएका छन् । तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार छन् । शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट