May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अध्यक्षमा शेषराजको उम्मेदवारी घोषणा : इक्यान निर्वाचन

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:५५
अध्यक्षमा शेषराजको उम्मेदवारी घोषणा : इक्यान निर्वाचन
  • असार ३० शैक्षिक पारमर्श व्यवसाय संघ (इक्यानको) निर्वाचन 
  • अध्ययनका लागि गएका विद्यार्थीलाई नेपाल कसरी भित्र्याउने भन्ने कुरामा बहस गर्नु आवश्यक
  • सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अध्यक्षमा  शेषराज भट्टराईको उम्मेदवारी

काठमाडौं ।।

अर्बिट इन्टरनेशनल एजुकेसनका सञ्चालक हुन्  शेषराज भट्टराई। अर्बिट इन्टरनेशनल अहिले २२औं वर्षमा छ ।  यस अगाडि महासचिव भएर काम गरिसकेका भट्टराई व्यवसायीहरुमाझ निकै लोकप्रिय छन् । भट्टराईले असार ३० गते हुने शैक्षिक पारमर्श व्यवसाय संघ (इक्यान)को अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

भट्टराई बताउछन शैक्षिक पारमर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि मेरो उम्मेदवारी अध्यक्षमा हुनुपर्छ भन्ने लागेर नै उम्मेदवारी घोषणा गरेको हु्ँ ।

विगत सम्झदै उनि भन्छन  मेरो उपस्थिति इक्यान कार्यसमितिमा महासचिवबाट शुरु भएको हो । अहिले म इक्यानको उपाध्यक्ष भएर काम गरिरहेको छु । इक्यान शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संस्था भएपनि सरोकारवाला निकायमा यसबारे नकारात्मक सोचाई थियो । हामीले स्मार्ट इक्यानको अवधारणा ल्यायौं । इक्यानप्रतिको धारणामा पनि परिवर्तन आएको छ । आइटिपी विरुद्धको हाम्रो लडाईं थियो जुन समयमा म महासचिव थिएँ । यसमा म आफै प्रतिवादी भएर अदालत पुगेँ । विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन ।

आगामी दिनमा इक्यानलाई व्यवसायीमैत्री बनाउँदै यस क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने अभियानमा लाग्ने सोच पनि मेरो छ । सम्पूर्ण व्यवसायीहरुको मनको भावना बुझेर नै मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।

इक्यानमा एउटा यस्तो नेताको खाचो छ, जसले सरोकारवाला निकाय, सरकारी निकाय, कुटनैतिक निकाय, विदेशका कलेज तथा युनिभर्सिटीसँग करस्पन्डेन्ट गर्न सक्ने हुनुपर्छ । इक्यानका शाखा विभिन्न स्थानमा छन् । ती शाखासँगको समन्वयमा कमि छ । ती शाखासँग समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ साथै सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिदैछु ।

इक्यानले गर्नुपर्ने धेरै काम बाँकी छन् । अझैपनि अध्ययनका लागि विदेश पठाउन हँुदैन भन्ने मानसिकता देखिन्छ । यो राम्रो होइन । अध्ययनका लागि गएका विद्यार्थीलाई नेपाल कसरी भित्र्याउने भन्ने कुरामा बहस गर्नु आवश्यक छ । यसमा हामीले पनि पहलकदमी गरिरहेका छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग सहकार्य पनि गरिरहेका छौं ।

 

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।