May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

१५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:५६
१५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा
  • १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला
  • गुण्डुकी ३८ वर्षीया माया नगरकोटी
  • असार १७ गतेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर परिचालन
  • विभिन्न स्थानमा सर्च अपरेशन
  • शव भेटिएको स्थान नजिकै विषको बट्टा फेला

काठमाडौं ।।

भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका-७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले बताए । उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । तर, फेला परेकी थिइनन् ।

बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ । उनको खोजीमा असार १७ गतेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन ।

अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको छ । उनले त्यो विष सेवन गरे नगरेको यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने भएको छ ।

‘शवलाई पोष्टमार्टमका लागि पठाएका छौं, भिसेरा जाँचबाट मृत्यु हुनुअघि खाएको के-के खाएको थियो भन्ने थाहा हुन्छ’, केसीले भने, ‘त्यसपछि नै मृत्युको कारण खुल्नेछ ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।