April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

“सबै जनाको साथले विपत्ति सहन मलाई ठूलो बल मिलेको छ” : प्रचण्ड

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १३:११
“सबै जनाको साथले विपत्ति सहन मलाई ठूलो बल मिलेको छ” : प्रचण्ड
  • प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार
  • सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पनि पुगे
  • प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे

काठमाडौं ।।

पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।

टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।

नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्डको परिवारसँग समवेदना साझा गरेका थिए ।

नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए ।‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपाईंहरु आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’ प्रचण्डले एमाले नेताहरुसँग भनेका थिए । लामो समयदेखि बिरामी प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट