May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

धूपबत्ती बालेर गठबन्धन ढलोस् भनेनी ढल्दैन : मन्त्री ज्वाला

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० ११:२१
धूपबत्ती बालेर गठबन्धन ढलोस् भनेनी ढल्दैन : मन्त्री ज्वाला
  •  बलियो भएकाले कसैले चाहँदैमा सत्ता गठबन्धन नढल्ने
  • धूपबत्ती बाल्दैमा ढल्दैन 
  • ढलेर फाइदा पाइहाल्छौं भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन 

काठमाडौं ।।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

उनले नेकपा (एमाले) प्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

“अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने, यसको ग्राउन्ड छ ।

प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन्,” उनले भने, “चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरू एक ठाउँमा छन् । जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौं भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।”

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्र नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको जिकिर गरे ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।