May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

गुठीको समस्यामा सरकारको ध्यान जाओस् : सांसद बास्कोटा

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १५:४१
गुठीको समस्यामा सरकारको ध्यान जाओस् : सांसद बास्कोटा
  • गुठी समस्याको समाधानका लागि सरकारको  ध्यानाकर्षण हुनुपर्यो 
  • सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा गुठी समस्या

काठमाडौं ।।

नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभामा आकस्म्कि समय लिएर उनले भने, ‘हामी समाजवादी हो भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं ।

जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन सकेको छैन ।’ सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा समेत गुठी समस्या रहेको उनले बताए ।

‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो’ उनी भन्छन्, ‘मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’ अन्यत्र पनि गुठी समस्या रहेको उनले बताए ।

‘चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतिमा २५ सय बढी मान्छेहरुको जमिन उनका नाममा छैनन । तर जमिन कमाइरहेका छन् । यो समस्याको समाधान होस्’ एमाले सांसद बास्कोटाले भने ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।