April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काठमाडौंको पेप्सीकोलामा बसको ठक्करबाट ७ जना घाइते

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:१३
काठमाडौंको पेप्सीकोलामा बसको ठक्करबाट ७ जना घाइते
  • मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा
  • दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं ।।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए ।

सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउत प्रहरी नियन्त्रणमा छन् ।

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।