May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कुवेत र जोर्डन जान रोकेपछि रोजगार विभाग तनावमा

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:२३
कुवेत र जोर्डन जान रोकेपछि रोजगार विभाग तनावमा
  • शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभाग असन्तुष्ट
  • म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति माग गर्दै 
  • विना आधार विमानस्थलबाट फर्काइयो 
  • समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध

काठमाडौं ।।

श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।

गत असार २४ गते कुवेत र जोर्डन जान लागेका १५६ जना कामदारलाई अध्यागमन कार्यालयले रोकेको थियो । यसबाट आफूहरुले क्षति व्यवहोर्नुपरेको भन्दै म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति मागेका थिए ।

वैदेशिक रोजगार विभागले आइतबार विज्ञप्ति निकालेर एउटै प्रकारको श्रम स्वीकृति लिएर जान लागेकाहरुमध्ये कसैलाई प्रस्थान अनुमति दिएको र कसैलाई नदिएको तथ्य देखिएको भन्दै विना आधार विमानस्थलबाट फर्काउनु मनासिव नभएको जनाएको छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तिमा गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा वैदेशिक रोजगार ऐन बमोजिम क्षतिपूर्ति, जरिवाना तथा कैद सजायँको समेत व्यवस्था हुँदाहुँदै अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मनासिव नरहेको उल्लेख छ ।

अध्यागमनले यसबारे छानबिन गर्न समिति गठन गरे पनि वैदेशिक रोजगार विभागले, गृह मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गतको संयुक्त छानबिन समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध समेत गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।