July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

जहाजमा चरा ठोक्किएपछी…….

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १३:१४
जहाजमा चरा ठोक्किएपछी…….
  • चरा ठोक्किँदा इन्जिनमा खराबी
  • नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड
  • मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने
  • दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट

काठमाडौं ।।

चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये ९ एन-एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । निगमकै अर्को न्यारोबडी जहाज ९एन-एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । अहिले देखिएको समस्याका बावजुत यो जहाजले १० साइकल उडान भने गर्न सक्ने क्षमता थियो । त्यसमध्ये ६ साइकल उडानपश्चात इन्जिनको मर्मतमा जाने उडान (४ साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।

 

यो जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत निगमले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ४ वटा जहाज छन् । बाँकी २ जहाजबाट तालीका व्यवस्थापन गरिएको र उडानहरु भने पूर्वनिर्धारित रुपमा सूचारु रहेको निगमले जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो । ‘दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट हो, उनले भने ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्