May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:0९
गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन
  •  दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन 
  • गौर हत्याकाण्डमा २७ जनाको मृत्यु
  • घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग

जनकपुरधाम ।।

गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राजा चाहिँदैन्’ लगायतका नारा लगाएका छन् ।

२०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमको बेला झडप भएको थियो ।

जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिए पनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।