काठमाडौं । नेकपा माओवादीले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने माओवादीको निर्णय छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमालेलाई सघाउन निर्णय भएपछि जिल्लामा माओवादीले एमालेका उम्मेदवारलाई सघाउने भन्ने सर्कुलर पठाइएको छ । दुई अध्यक्षबीच बुधबार सहमति भएको हो ।
इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् । उनीहरु प्रचारप्रसारमा लागेका छन् । कांग्रेसले भने उम्मेदवार टुंग्याएको छैन् ।