May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:२२
सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….
  • तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि
  • आगामी शैक्षिक सत्र २०८०-८१ देखि लागु हुने

काठमाडौं ।।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो ।

सीटीईभीटीका अधिकारी र शुल्क समायोजन कार्यटोलीको लामो समयदेखिको लबिइङका आधारमा मन्त्रीले जाँदाजाँदै शुल्क वृद्धिको निर्णय गरेको पौडेल निकट स्रोतले बतायो ।

सीटीईभीटीले भने मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका आधारमा निर्णय गरिएको जनाएको छ । जसमा २०७१-०७२ सालदेखि तोकिएको शुल्क हालसम्म कायम रहेकाले बढाइएको सीटीईभीटीको दाबी छ । तर, कति वर्षमा कति प्रतिशतका दरले शुल्क बढाउने भन्नेबारे कुनै वैधानिक आधार नभएको सीटीईभीटीका उच्च अधिकारीहरू बताउँछन् ।

“शुल्क समायोजन कार्यटोलीको सिफारिसका आधारमा समयसापेक्ष शुल्क समायोजन गर्ने हो । त्यसमा ठ्याक्कै यो नियम भन्ने छैन । हामीले पनि सूचना निस्किएपछि मात्रै थाहा पायौँ,” सीटीईभीटीका एक अधिकारीले भने ।

स्नातक र सोभन्दा माथिका शैक्षिक कार्यक्रमबारे मात्रै चिकित्सा शिक्षा आयोगले हेर्ने भएकाले प्रमाणपत्र तहका कार्यक्रमको शुल्कबारे सीटीईभीटीले आफ्नै हिसाबले निर्णय गर्दै आएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बताउँछन् ।

आयोगले पछिल्लोपटक एमबीबीएस र बीडीएस कार्यक्रममा ३.३ प्रतिशतका दरले शुल्क वृद्धि गरेको थियो । तर, सीटीईभीटीमा भने हचुवाकै भरमा शुल्कसम्बन्धी विवादास्पद निर्णयहरू हुँदै आएका छन् ।

कुन विषयमा कति बढाइयो शुल्क ?

सीटीईभीटीले आगामी शैक्षिक सत्रमा निजी शैक्षिक संस्थाहरूका लागि तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि गरेको छ । परिषद्ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट) को शैक्षिक शुल्क बढाएको हो ।

तीन वर्षे कार्यक्रमका लागि निर्धारित नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्र २०८०-८१ देखि लागु हुने सीटीईभीटीले जनाएको छ ।

पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसी तर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क बढाइएको हो । पीसीएल नर्सिङको यसअघिको शुल्क चार लाख ७५ हजार रहेकोमा अब ६ लाख २४ हजार २३० रुपैयाँ भएको छ ।

त्यस्तै, एचएतर्फ यसअघिको शुल्क चार लाख चारहजार रुपैयाँ रहेकोमा अब पाँच लाख २३ हजार ८ सय २० रुपैयाँ भएको छ । फार्मेसी असिस्टेन्टतर्फ यसअघि तीन लाख ३७ हजार रहेकोमा अब चार लाख २३ हजार ६६० भएको छ ।

तोकिएको शुल्क वर्षैपिच्छे तिर्न पाउने सीटीईभीटीको व्यवस्था छ । जसअनुसार पहिलो वर्षमा ५० प्रतिशत तथा दोस्रो र तेस्रो वर्षमा २५÷२५ प्रतिशतका दरले शुल्क भुक्तानी गर्नुपर्छ । नयाँ शुल्क अनुसार पीसीएल नर्सिङका विद्यार्थीले पहिलो वर्षमा दुई लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तेस्रो वर्षमा पनि एक लाख ८७ हजार २७० रुपौयाँ तिुर्नपर्ने हुन्छ ।

एचएका विद्यार्थीले पहिलो वर्ष दुई लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्ष एक लाख ५७ हजार १४५ रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, फार्मेसी सहायकका विद्यार्थीले पहिलो वर्ष एक लाख ६९ हजार ४६४, दोस्रोमा एक लाख २७ हजार ९८ र तेस्रो वर्षमा पनि लाख २७ हजार ९८ रुपैयाँ नै तिर्नुपर्ने छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट