May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

स्वीस टुरिजम अवार्डमा काठमाडौं महानगर छनोट

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:४४
स्वीस टुरिजम अवार्डमा काठमाडौं महानगर छनोट
  • काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट
  • स्वीट्जरल्याण्डमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने

काठमाडौं ।।

काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ । आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ ।

‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौं,’ आयोजकले महानगरलाई पठाएको पत्रमा उल्लेख छ ।

यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यंक्रममा सहभागी हुनेछन् । उक्त अवार्ड कार्यक्रममा सहभागी हुन मेयर बालेन्द्र शाह स्वीट्जरल्याण्ड जाने मेयरको सचिवालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।