April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

फोन गरेर धम्की आएपछि शंकास्पद वस्तु फेला

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:५८
फोन गरेर धम्की आएपछि शंकास्पद वस्तु फेला
  • सिनामंगलका घर धनीसंग पाँच लाख रुपैयाँ माग्दै धम्की 
  • पैसा नदिएपछि घर अगाडि शंकास्पद वस्तु फेला
  • शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पार्यो निष्कृय 

काठमाडौं ।।

शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका हुन् ।

आफूले दिन नमानेपछि आफ्नो घर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको उनको भनाइ छ । सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

सीसीटीभी फुटेजमा एक व्यक्तिले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको छ । सीसीटीभी फुटेजको आधारमा एक जना संन्दिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र वरपरका पसल बन्द थिए । सेनाको टोलीले निष्कृय पारेपछि पसलहरु खुलिसकेका छन् । गौशाला प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।