sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५ नेतालाई जनमत पार्टीले गर्यो कारबाही

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:२१
५ नेतालाई जनमत पार्टीले गर्यो कारबाही
  • अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेता कारबाहीमा 
  • केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन

काठमाडौं ।।

जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।

माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

कुशवाह गत उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । बारा क्षेत्र नं. २ बाट २८ हजार ४१५ मत ल्याएर उपेन्द्र यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए । त्यसअघि २०७९ साल चैत १५ गते कुशवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका थिए ।

अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ । यसैगरी गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाही गरिएको छ ।

भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ । यस्तै भगवान दास यादलाई पार्टीका बैठकहरु, कामकारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक-पटक प्रदर्शन गरेको भन्दै कारबाही गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid