October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

१८ जनालाई आममाफीदिने निर्णयमा राष्ट्रपति बेखुसी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १६:२७
१८ जनालाई आममाफीदिने निर्णयमा राष्ट्रपति बेखुसी

काठमाडौं । सरकारले रेशम चौधरीसहित १८ जनालाई ‘राजबन्दी’को नाम दिएर आममाफी दिने निर्णय गरेको छ । यसअघि, सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई रेशम चौधरीले आममाफीका लागि दिएको निवेदन पठाएको थियो । गृह मन्त्रालयका तर्फबाट पठाएको निवेदनमा राष्ट्रपतिले ‘प्रचलित कानुन, यससम्बन्धमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी गर्नु’ भनेर निवेदन फिर्ता गरेका थिए । त्यसलाई सरकारी पक्षले राष्ट्रपतिको स्वीकृतिका रुपमा अथ्र्याउँदै आइतबारको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीसहित १८ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

तर, मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपति भने खुसी नभएको स्रोतले बताएको छ । राष्ट्रपतिले कानुन, अदालतका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तअनुरुप गर्नु भनेको कानुनअनुसार मिल्दैन भनेको भए पनि सरकारले त्यसको गलत व्याख्या गरेको राष्ट्रपति निकटहरुको बुझाइ छ । राष्ट्रपति पौडेल त सरकारले आफूलाई ‘बाध्य पारेको’ बुझाइमा छन् ।

“संविधानतः मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिले उल्टाउन मिल्दैन । यसपटक राष्ट्रपतिको चासोको ‘मिस इन्टरप्रिटेसन’ गरेर राष्ट्रपतिलाई बाध्य पारिएको छ,” स्रोतले भन्यो, “संविधानको मूल मर्म भनेको ‘राष्ट्रपतिले गल्ती गर्दैन’ भन्ने हो । मन्त्रिपरिषद्ले गरेका निर्णय अनुमोदन गर्दा त्यसबाट आउने परिणामको जिम्मा पनि मन्त्रिपरिषद्ले नै लिनेछ ।”

राष्ट्रपति पौडेलले भने सर्वोच्च अदालतबाट अन्तिम फैसलाको मसी नसुक्दै आममाफीको निर्णय गर्नु उचित नहुने धारणा बनाएका थिए ।
कानुनी रुपमा पनि जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट सदर भएको रेशमको आजीवन कैदको फैसलाको मसी सुक्न नपाउँदै आममाफीको निर्णय उचित नहुने बुझाइमा राष्ट्रपति रहेको स्रोतले बताएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्