April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

हिरासत भित्रै महिला मृत अवस्थामा

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:३३
हिरासत भित्रै महिला मृत अवस्थामा
  • थुनुवा महिला झुण्डिएको अवस्थामा मृत
  • अन्दाजी ४० वर्षिया हजरत खातुन हिरासत कक्षको शौचालयमा झुण्डिएको 

सर्लाही ।।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए ।

उनका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए ।

उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीले जिम्मा लगाएको थियो । उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।