April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट

डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:0८
डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद

काठमाडौं । 

झापामा सशस्त्र प्रहरीले आफ्नै प्रहरीलाई कुटपिट गरेको घटनामा एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन भएको छ । घटनामा सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद देखिएपछि उच्चस्तरीय समिति गठन भएको हो । बाहिनीबाट डिआइजी पोखरेलको निर्देशनमा सादा पोशाकमा खटिएका प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले स्थानीय सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए । त्यसको स्थानीयले प्रतिकार गर्दा अवस्था तनावग्रस्त बनेको थियो ।

 

झापाको नकलवन्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई घाइतेलाई इन्सपेक्टर नेतृत्वको टोलीले कुटपिट गर्दै पानीमा टाउको चोपलेका थिए । संगठनको नीति विपरीत उनीहरुलाई यसरी यातना दिएका थिए । चिनजानका प्रहरीमाथि सादा पोशाकका व्यक्तिले कुटपिट गरेको देखेपछि स्थानीय प्रतिकारमा उत्रिए । बल्लतल्ल इन्सपेक्टर राईसहितका बाहिनीबाट खटिएका प्रहरीलाई जोगाइएको थियो । स्थानीयको ढुंगा लागेर उनीहरु घाइते समेत भएका छन् ।

तस्करीको गोरु नियन्त्रण नगरेको भनेर इन्सपेक्टरको टोलीले यसरी कुटपिट गरेको बताइन्छ । तर, कसैले गल्ती गरेमा कारबाही गर्ने सिष्टम रहेकोमा यस्तो आतंक मच्चाएपछि यतीबेला यो घटनाले संगठनकै बेइज्जत भएको छ । डिआइजी पोखरेलको कमजोर कमाण्ड र अनुभवको कमीले यस्तो भएको भन्दै प्रश्न उठेको छ । संगठनकै यो घटनाले बदनाम भएपछि एआइजी नेतृत्वमा छानबिन समिति बनेको हो ।

#फलोअप

निर्घात कुटिए ड्युटीमा खटिएका सशस्त्रका हवल्दार

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।