May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:५२
टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी
  • मैले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागे
  • उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भन्ने मात्र सोचे 
  • मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भनेर लागेको दाबी गरेका हुन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भने ।  ४ मंसिरमा भएको चुनावमा चौधरी, नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।

नयाँ पार्टीहरुले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उनले सुनाए । उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भएपनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाए ।

‘राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन्’, चौधरीले भने मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको उनले सुनाए ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।