April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

डा.कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने लिम्बुको माग 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १६:0१
डा.कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने लिम्बुको माग 
  • शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग
  • कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी नदिइएको 
  • कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन 

काठमाडौं ।।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’ यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन । १४ औं महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए ।

 

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।