May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १0:२७
सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी
  • सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने
  • उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी

 धनगढी ।।

सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो ।

नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको जनाएको छ । पार्टीको संसदीय दलले यसअघि नै सरकारमा उनीहरुलाई पठाउने निर्णय गरेको एक जना प्रदेशसभा सदस्यले बताए ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय भने कांग्रेसले आफूसँगै राख्ने भएको छ । तर कांग्रेसले उक्त मन्त्रालयमा मन्त्रीको रुपमा कसलाई पठाउँछ भन्ने खुलेको छैन ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।