May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

नेपालको आर्थिक विकास, नीति तथा योजनामा आईएमएफको ध्यान

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १३:५८
नेपालको आर्थिक विकास, नीति तथा योजनामा आईएमएफको ध्यान
  • अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले राख्यो नेपालको १६ औं आवधिक योजनाबारे चासो
  • नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा छलफल
  • आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने

काठमाडौं ।।

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको १६ औं आवधिक योजनाबारे चासो राखेको छ । आईएमएफका मिसन चिफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट्दै यस्तो चासो राखेको हो ।

आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा भेटवार्ता गरेको छ । भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औं योजना तर्जुमाको विषयमा चासो राखेको आयोगले जनाएको छ ।

१६ औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए । जुलाई २० मा नेपाल आएको आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

 

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट