sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:१५
भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
  • भन्सारमा चोरी पैठारी बढ्दा राजस्व घट्यो 
  • भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

उनले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । अहिले राजस्व कम उठ्नुका धेरै कारण रहेको भन्दै उनले केही समयअघि आयात रोकिएको उल्लेख गरे ।

यसले भन्सार राजस्व कम उठेको उनको भनाइ छ । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठेको र नाका तथा नाकाबाहिरबाट चोरी पैठारी हुँदा पनि राजस्व घटेको बताए ।

दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट हुने प्रवेशलाई सरकारले गम्भिरताका साथ लिएको उनले बताए । उनले भैरहवा भन्सारमा आधुनिक मेसिनको आवश्यकता रहेको समेत बताए ।

‘संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छौं ।’

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid