May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्याब्सन इनरुवाले जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १४:२१
प्याब्सन इनरुवाले  जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

गंगाराम मण्डल

इनरुवा । प्याब्सन इनरुवाले प्याब्सन दिवसका अवसरमा इनरुवा स्थित जिल्ला अस्पताल सुनसरीलाई आरो (RO) फिल्टर हस्तान्तरण गरेको छ ।

३३औँ प्याब्सन डेको अवसरमा नगर प्याब्सन इनरुवाले पौष २४ गते मंगलबार अस्पतालका बिमारी तथा कुरुवाको सहजताको लागि आरो (RO) फिल्टर हस्तान्तरण गरेको हो ।
प्याब्सन डेको अवसर पारेर नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले जिल्ला अस्पताल सुनसरीकी मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेया पंगेनीलाई फिल्टर हस्तान्तरण गरेका थिए । मेसु डा. पंगेनीले प्याब्सन इनरुवाले प्याब्सन डेमा जिल्ला अस्पताललाई आरओ फिल्टर हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै प्राप्त सामाग्रीको पुरापुर सदुपयोग गरिने बताइन् ।

साथै आगामी दिनमा जिल्ला अस्पतालले नगर प्याब्सन इनरुवा सँग सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले बालबालिकाको स्वास्थ्य सचेतना तथा मानसिक स्वस्थताको लागि मनोपरामर्ष लगायतमा प्याब्सनसँग मिलेर अगाडी जान चाहेको बताइन् ।

प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले प्याब्सनले सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै विभिन्न सामाजिक कामहरुमा अग्रसरता लिदै आएको बताए । उनले प्याब्सनले जिल्ला अस्पताललाई उपलब्ध गराएको फिल्टरले थोरै भएता पनि बिमारी तथा तिनका आफन्तलाई सहज पुर्‍याउनेमा बिश्वास व्यक्त गरे । उनले यस अघि पनि प्याब्सनले अस्पतालका बिमारीहरुलाई सकेको सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्याब्सन इनरुवाले प्याब्सन डेकै अवसर पारेर मंगलबारै इनरुवा १ ढकाल टोल निवासी सचिन ढकाललाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । धेरै समयदेखि अशक्त बिमारी रहेका ढकालको थप उपचारका लागि आर्थिक अभाव रहेको थाहा पाएर प्याब्सनले केही रकम आर्थिक सहयोग गरेको प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलले जानकारी दिए ।

उक्त दुबै कार्यक्रममा प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरुको उपस्थित रहेको थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।