May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

अब गृहमन्त्रीको राजीनामा अनिवार्य छ : एमाले

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १२:३३
अब गृहमन्त्रीको राजीनामा अनिवार्य छ : एमाले
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी
  • अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरे
  • गृहमन्त्री पनि अनुसन्धानको दायरामा तानिनुपर्नेमा एमालेको जोड

काठमाडौं ।।

नेकपा (एमाले) ले सुन तस्कारी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी दिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरेका छन् ।

राष्ट्रियसभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बिहीबार मिटरब्याजसम्बन्धी विधेयकबाहेक कुनै पनि विषय अघि नबढाउन माग गरे । अरू विषय अघि बढाइए बैठक चल्न नसक्ने उनले चेतावनी दिए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्ष दलको मागअनुरूप नै बैठक सञ्चालन गरे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याज नियन्त्रणका लागि ल्याइएको मुलुकी देवानी संहितासहित केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकका विषयमा धारणा राखेका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सन्देशसहित आएको उक्त विधेयक टेबुल गरिएपछि बैठक ३१ मिनेटका लागि स्थगित गरिएको हो ।

एमाले संसदीय दलका नेता दाहालले सुन तस्करीको संरक्षक गृहमन्त्री र सरकार भएको आरोप लगाए । गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरे । उनले गृहमन्त्री पनि अनुसन्धानको दायरामा तानिनुपर्नेमा जोड दिए ।

“सभामुख महोदय, साउत ४ गते राष्ट्रियसभाको बैठक पनि थियो । त्यस दिन राजीनामा दिएको भए नैतिकताको विषय हुन सक्थ्यो । तर, अब यो नैतिकताको विषय रहेन । गृहमन्त्री समेत अनुसन्धानको दायरामा तानिनुपर्छ,” उनले भने, “गृहमन्त्री बहाल राखेर यसको अनुसन्धान हुने अपेक्षा गर्न सकिएन । अब गृहमन्त्रीको राजीनामा अनिवार्य छ ।”

करिब १०० किलो सुन तस्कारी प्रकरणमा सरकारले गर्ने अनुसन्धानको विश्वसनीयता नरहने भन्दै उनले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न समेत माग गरे ।

“यो सरकार र यस मातहतका संयन्त्रबाट अब निष्पक्ष छानबिनको अपेक्षा गर्न सकिँदैन । किनभने, गृहमन्त्री नै सुन तस्करीको संरक्षक हुन्,” दाहालले भने, “त्यसकारण उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्छ । विश्वासिलो संसदीय समिति बन्छ भने राष्ट्रियसभाको सहभागिता हुनुुपर्छ । त्यसो भएन भने यो बैठक चल्छ जस्तो मलाई लाग्दैन ।”

पहिले बनाइएको संसदीय समितिले ‘एउटा मुसा समेत खोज्न नसकेका’ उनको भनाइ थियो । यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँसपास भएर बाहिरिइसकेको करिब १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट