April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १५:0६
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं ।।

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश
  • सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दर्ताको आदेश 
  • वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराई, अधिवक्ता स्वागत नेपाललगायतले बहस गरेका थिए 
  • माओवादी सशस्त्र द्वन्द्वकालका घटनामा संक्रमणकालीन न्यायका लागी 

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । तत्कालीन सरकार-माओवादीको सशस्त्र युद्धका अयोग्य लडाकुकातर्फबाट लेनिन विष्टसहितको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दरपिठ खारेज गर्दै रिट दर्ताको आदेश गरेको हो ।

यही जेठ १६ गते ‘माओवादी सशस्त्र द्वन्द्वकालका घटनामा संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने’ भन्दै सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता हुने आदेश गरेका थिए ।

दरपिठविरुद्धको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश भट्टराईको इजासले दरपिठ खारेज हुने आदेश दिएपछि रिट दर्ता हुन लागेको हो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराई, अधिवक्ता स्वागत नेपाललगायतले बहस गरेका थिए । सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई अयोग्य लडाकु भनेर पन्साएर ‘योगदानको अवमूल्यन गरेको’ भन्दै विष्टसहित कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिट दायर गरेका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।