June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

कस्तो रहला आजको मौसम ?

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ 0९:११
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्