May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन : हिक्मतकुमार कार्की

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:५७
बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन : हिक्मतकुमार कार्की
  • १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने
  • साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन
  • नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा
  • बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन

 विराटनगर ।।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गरिरहेको उनले जानकारी दिए ।

आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन । हामी अहिले ४० सिटको दल हौं । अरु दलहरुसँग हाम्रो कुराकानी भइरहेको छ । कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै हामी बहुमतको दाबी १७ गते भित्र गर्छौं ।’
कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि सरकारमा दाबी प्रस्तुत गर्ने सो दलका नेता कार्कीले बताए । एमालेले बहुमत जुटाउने सम्भावनाबारे पत्रकारको जिज्ञासामा उनले भने, ‘कुराकानी गर्दैछौं, त्यसमा त के भन्न सकिन्छ र । कहिलेकाहिँ एक सिट पनि कम हुन्छ, कहिलेकाहिँ ६० सिट पनि पुग्छ ।’

उनले नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले खुला रहेको समेत बताए । ‘त्यसमा हामी ओपन नै छौं,’ कार्कीले भने, ‘मेरो मान्यता के छ भने अहिले देशका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा मुलुकको डेमोक्रेसीलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरा लगायतका तमाम उठिरहेका राजनीतिक मुद्दाहरुमा हाम्रा कुराहरु मिल्छन् भने हामी अगाडि बढ्न तयार छौं ।’

कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मुख्यमन्त्री ठूलो कुरा होइन, मुख्यमन्त्री दिन जोसुकैलाई पनि सकिन्छ । यदि आफूसँग बहुमत पुगेन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन ।’ मुख्यमन्त्री आधा-आधा कार्यकाल बाँड्ने कुरामा कांग्रेस स्पष्ट भएर आए त्यसमा पनि आफूहरु तयार हुनसक्ने कार्कीले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।