July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

चित्रबहादुरले सभापतित्व, मानवअधिकार देउवाले

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० ११:४८
चित्रबहादुरले सभापतित्व, मानवअधिकार देउवाले

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दश विषयगत समितिको बैठक बसेको छ । मंगलबार सिंहदरबारस्थित आ–आफ्नै सभाहलमा समितिहरूको बैठक बसेको हो ।

सबै समिति बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यले गरे । सार्वजनिक लेखा समिति बैठकको सभापतित्व ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे ।

पूर्वाधार विकास समिति बैठकको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले गरे ।

 

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टी (जसपा) का सांसद नवलकिशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व नेकपा (एमाले) का सांसद कालुराम राई, राज्य व्यवस्था तथा सुशासन समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले गरे ।

यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व कांग्रेसका सभापति एवं सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राप्रपाका सांसद रोशन कार्की र अर्थ समिति बैठकको सभापतित्व कांग्रेस सांसद सन्तोष चालिसेले गरे ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट