May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सोमबार एकीकृत समाजवादीको सचिवालय बैठक

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:२५
सोमबार एकीकृत समाजवादीको सचिवालय बैठक
  • नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक १५ गते बस्ने
  • बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।