May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

इजरायलका नेपालीका लागि परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० ११:१२
इजरायलका नेपालीका लागि परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति
  • हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रले सम्पर्क व्यक्ति तोक्यो 
  • सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति राखियो 
  • सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयल खुला गर्यो 

काठमाडौं ।।

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ । उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयल खुला गरेको जनाएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।