May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घरजग्गा कब्जा र जबरजस्ती करणी र मानवबेचबिखनको मुद्दा

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १४:३६
घरजग्गा कब्जा र जबरजस्ती करणी र मानवबेचबिखनको मुद्दा
  • मालीविरुद्ध पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता
  • आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी

 काठमाडौं ।।

५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।

प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटकपटक बलात्कारमा परेकी थिइन् ।

मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानवबेचबिखनविरुद्धको कसुरमा मात्रै जाहेरी परेको हो ।

एसएसपी शाह भन्छन्, ‘तत्काललाई अनुसन्धान गर्दै जानका लागि मानवबेचबिखन सम्बन्धी कसुरमा जाहेरी लिएका छौं, अनुसन्धानका क्रममा थप खुले अनुसार गर्छौं ।’

मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी छ । यो घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेकी थिइन् ।

लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट